ताजा समाचार

नेपाललाई चौथो सफलता पारस खड्काले लिए दोस्रो विकेट

काठमाडाैं १६,साउन ।  नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा नेदरल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको नेपालले चौथो सफलता हात पारेको छ।

नेपालका लागि पारस खड्काले चौथो सफलता हात पारेका हुन्। उनले १६औं ओभरको पहिलो बलमा वारेसीलाई आउट पार्दै व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। यसअघि  आठौं ओभरको चौथो बलमा केन कोपरलाई आउट बनाएका थिए।

यस्तै सन्दिप लामिछानेले र सोमपाल कामीले १-१ विकेट लिए।

लामिछानेले १२ औं ओभरको दोस्रो बलमा  विकेट लिएका हुन् भने सोमपाल कामीले पहिलो विकेट लिएका थिए।

सोमपालले तेस्रो ओभरको तेस्रो बलमा ड्यानियल टेर बार्कलाई बोल्ड गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org