म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित
बागो, म्यानमार १७, साउन । दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण करिब १ लाख ५० हजार स्थानीय नागरिक विस्थापित भएका छन् ।
यस बाढीमा परी १२ व्यक्तिको मृत्यु भइसकेको छ । बाढीको कारण बाँधहरु समेत भत्किने डर रहेको बताइएको छ । मदाउक शहरको बागो क्षेत्रमा बाँध बाँधेको स्थानभन्दा पनि केही इन्च माथिसम्म नै पानीको सतह पुगेपछि स्थानीय नागरिक त्रसित रहेका छन् ।
यहाँ लगातार बाढी आइरहेकोले बाँध भत्किनसक्ने भन्दै उनीरु त्रसित रहेका बताइएको छ । बाढी पीडितलाई डुङ्गाबाट खानेकुरा लगिएको उद्धार समूहका प्रमुख लाइनङ मिन आ ओओले एएफपी समाचार समितिलाई बताएका छन् ।
म्यानमारका सरकारी सञ्चारमाध्यमले बिहीबार १ लाख ४८ हजार ३८६ व्यक्तिलाइ विभिन्न ३२७ ओटा शिवीरमा राखिएको जनाएका छन् ।
म्यानमारको एक पत्रिका इलिनामाका अनुुसार अझै पनि २८ हजार व्यक्ति बाढी पसेको घरमा बसिरहेका छन् । बाढीको पानीको कारण उनीहरुलाई त्यहाँबाट उद्वार गरेर शिवीरमा लैजान समस्या परिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...