एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक
काठमाडौँ १९, साउन । रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।
२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो ।
कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक र चौथो बलमा २ रन लिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहियो ।
पाँचौं बलमा पारसले फेरि रन दिएनन् । अब अन्तिम बलम २ रन चाहियो । अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।
त्यसअघि २९ औं ओभरमा सन्दिप लामिछानेले नेपाललार्इ ठूलो ब्रेकथ्रू दिलाएका थिए । नेदरल्याण्डसका दुर्इ ब्याट्म्यानले ८४ रनको साझेदारी गरिसकेका थिए र विकेट लिने नेपालको एकपछि अर्को प्रयास असफल भइरहेको थियो । ओभरको तेस्रो बलमा सन्दिपले डीजे टेर ब्राकको महत्वपूर्ण विकेट दिलाए ।
नेपालल नवौं विकेट लिँदा नेदरल्याण्ड्सको स्कोर १८५ रन थियो र उसलाई अझै ३२ रन चाहिएको थियो । तर, एफजे क्लासन र पीएन भान मिकेरिनले सम्हालिएर खेलेका थिए ।
अन्तिम ओभरकोअन्तिम बलमा पारसले क्लासनलाई रन आउट गर्दा नेपाल विजयी बन्यो ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारससँगै सोमपाल कामीको अर्धशतकको मदतमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।
राम्रो सुरूवात गर्न नसकेको नेपालको पारी त्यसबेला धरमरायो, जब कप्तान पारस अर्धशतक बनाए लगतै आउट भए । उनी पभेलियन फर्किँदा नेपालले ६ विकेट गुमाएर मात्र १३५ रन बनाएको थियो । तर, सोमपालले ४६ बलमा ६१ रनको गेम चेन्जिङ पारी खेले । आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ५ चौका र ३ छक्का हानेका थिए ।
शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।
पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो ।
ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो । २९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।
३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औं ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।
एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए ।
आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।
नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक/एक विकेट लिए
Comments
अरु समाचार
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...