ताजा समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका लागि चौथो भ्रमण

काठमाडौँ २०,साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् ।

सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ ।

यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।

२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पुरा भएको थियो ।

गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द गरेपछि प्रधानमन्त्री मोदीको लुम्बनी भ्रमणसमेत रद्द भएको थियो । तर, यसपटक भने उनी लुम्बनी जाने निश्चित भएको छ किनभने उनले यसअघि जनकपुरको भ्रमण गरिसकेका छन् ।

‘जनकपुरको भ्रमण रद्द भएपछि लुम्बनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द भएको थियो । यसपटक भने भ्रमण लगभग निश्चित भएको छ,’ दूतावास स्रोतले भन्यो ।

त्यतिबेला मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । तर, मोदीले त्यतिबेला तीनटै ठाउँको भ्रमण रद्द गरेका थिए । जनकपुर र मुस्ताङ्को भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी भइरहेको छ ।यसैगरि, गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।

मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मोलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org