ओडिआईमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली बिहान काठमाडौँ आइपुग्ने
काठमाडाैं २०,साउन । ओडिआई क्रिकेटमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्नेछ।
नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकजटीका अनुसार टोली सोमवार बिहान ८:५० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेछ।
नेदरल्याण्ड्सको पहिलो ऐतिहासिक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै नेपालले पहिलो ओडिआई जित हात पारेको हो।
पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो। लर्ड्समा टी-२० ट्राइ सिरिज र नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेपछि नेपाली टोली फर्कँदैछ।
नेपाली टोली नेदरल्याण्ड्सको समय अनुसार आज ११:४० बजे बिहान आम्सटरडर्मबाट जेट एअरवेजमा आउनेछ।
यस्तै नेपाली टोलीका सदस्य सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा सहभागि हुन वेष्टइन्डिज प्रस्थान गरिसकेका छन्। सन्दीपले सीपीएलमा क्रिस गेलको कप्तानीमा रहेको सेन्ट कि६स एण्ड नेभिस प्याट्रिओट्सबाट खेल्नेछन्।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...