ताजा समाचार

मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन हुन्छ:अध्यक्ष प्रचण्ड

काठमाडाैं २०, साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण नभएकाले संशोधनको तयारी भएको बताएका छन् ।  आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन गरिने बताए ।

‘संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । संविधान एउटा गतिशिल दस्तावेज हो, समय र मागअनुसार परिवर्तन गर्न सकिन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘मधेसका जनताका सहि माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, उपेन्द्र यादवबीच केही समयपहिले एक राजनीतिक सहमति भएको भन्दै उक्त सहमतिमा मधेस आन्दोलनका समयमा जनताले गरेको माग बमोजिम संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनताको संविधान बनाउने प्रतिवद्धता जनाए ।

उनले राजपा समेतको सहमतिमा संविधान संशोधन गरिने बताए । ‘राजपासँग पनि कुराकानी भइरहेको छ । फोरमसँग भएको सहमति जस्तै राजपासँग पनि छलफल गरेर संविधान संशोधन गरिन्छ, यसमा मधेसका जनता ढुक्क भए हुन्छ’ प्रचण्डले भने ।

उनले मधेसका जनतामा नागरिकताको समस्या रहेको भन्दै त्यो समस्या समाधानका लागि पनि चाँडै प्रक्रिया अघि बढ्ने विश्वास दिए । ‘नागरिकताका सवालमा प्रधानमन्त्री, गृहमन्त्री र म आफैंबीच भर्खरै छलफल भएको छ । त्यो छलफलमा तुरुन्त समस्या समाधान गर्न सरकारले काम थाल्छ ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पहाडमा केही प्राकृतिक गडबडी भए त्यसको असर मधेसमा पर्ने भन्दै चुरे संरक्षण कार्यक्रमलाई  सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org