ताजा समाचार

चीनले गर्‍यो शक्तिशाली युद्धक विमानको परीक्षण

काठमाडाैँ २२, साउन ।  चीनले पहिलोपटक अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ । यो युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिन्छ ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स (सीएएए)का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको थियो ।

 

सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो ।

सुपरसोनिक विमान त्यसलाई भनिन्छ जो आवाजको गतिभन्दा पाँच गुणा बढी वा त्योभन्दा पनि धेरै रफ्तारका साथ उड्दछ । यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।

चीनको सरकारी मिडियाका अनुसार सुपरसोनिक विमान परीक्षण पूर्णरुपमा सफल भएको छ । सुपर सोनिक विमानको डिजाइन सीएएएले चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर तयार पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org