ताजा समाचार

रोनाल्डोका नयाँ प्रशिक्षक कति खुसी ?

काठमाडाैँ २३, साउन ।  स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आवद्ध इटालियन क्लब युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले रोनाल्डोलाई प्रशिक्षण गर्न पाउनु गर्वका विषय भएको बताएका छन् ।

रोनाल्डो र लियोनल मेसी विश्वका दुई उत्कृष्ट खेलाडी भएको भन्दै रोनाल्डोसँग काम गर्न पाउनु गर्वको कुरा भएको उनले बताएका हुन् । प्रि-सिजन टुरमा आफू केहि युवा खेलाडीबाट प्रभावित भएको उनले बताए पनि आगामी नयाँ सिजनका लागि आफ्नो टोलीमा अब खेलाडी नथप्ने उनको भनाई छ ।

किइभोसँग खेल्दै युभेन्ट्सले यसपटकको सिरी ए सिजनको सुरुवात गर्नेछ । रोनाल्डोले सोही खेलबाट डेब्यू गर्ने बताइएको छ । उनले आफ्नो टोली प्रतिस्पर्धाका लागि तयार रहेको बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org