ताजा समाचार

नेपाली ध्वजावाहाक वाइड बडी दिल्लीमा अलपत्र

काठमाडाैँ २४, साउन । भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधवार दिउसो साढे १ बजे काठमाडौ उडान भर्न तम्तयार छ । तर १५ मिनेट आधा घण्टा एक घण्टा हुदै तीन घण्टा वितिसक्दा पनि यात्रुविच हल्लीखल्ली हुन्छ ।

अन्तिममा चालक दलले जहाज नउड्को गुह्य कारण घोषणा गर्छन् हाम्रो यो उडानलाई अनुमति दिने इन्जिनियर विमानस्थलमा नभएको कारण जहाज उडाउन पाइएन । सम्वद्व स्रोतका अनुसार कलसाइन ९ एन–एएलवाई भएको निगमको उक्त जहाजको उडान अनुमतिपत्रमा हस्ताक्षर गर्ने भारतीय इन्जिनियर दिल्ली विमास्थलमा अनुपस्थित हुँदा तीन घण्टा बढी जहाज उड्न पाएन ।

निगमले दिल्ली विमानस्थलमा आफ्ना जहाज ग्राउन्ड ह्यान्डलिङ गर्न तथा उडान अनुमतिमा हस्ताक्षर गर्ने लगायत अन्य प्राविधिक सहायताका लागि भारतकै छुट्टा छुट्टै निजी कम्पनीलाई जिम्मा दिएको छ । ती मध्ये उडान अनुमतिमा हस्ताक्षर गर्नुपर्ने कम्पनीका इन्जिनियरले हस्ताक्षर गरेपछि मात्र जहाज उडाउन पाइन्छ । निगमले सार्वजनिक बोलपत्र आह्वान गर्दा सबैभन्दा सस्तो प्रस्ताव राखेको एक भारतीय कम्पनीले खेलाची गरेको कारण उक्त जहाज उड्न नपाएको हो, आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org