ताजा समाचार

एसिया कपको लागि प्रारम्भिक टोली छानियो, शरद भेषवाकर अटाएनन्

काठमाडाैँ २४, साउन ।  नेपालले एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

चोटका कारण टिममा ब्याट्सम्यान शरद भेषवाकर परेका छैनन् । नेपाली टिमको बन्द प्रशिक्षण साउन २९ बाट सुरु हुनेछ भने त्यसपिछ १५ सदस्यीय टिमको घोषणा गरिनेछ । आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा ६ वटा टिम युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । यस्तै ६ वटा टिममध्ये नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएकोले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

को को परे प्रारम्भिक टिममा

पारस खड्का (कप्तान)
अनिलकुमार साह
बसन्त रेग्मी
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
किशोर महतो
ललित भण्डारी
ललितनारायण राजवंशी
मोहमद आरिफ शेख
प्रदीप ऐरी
रोहितकुमार पौडेल
सोमपाल कामी
सागर पुन
सन्दीप लामिछाने
सुवास खकुरेल
सुनील धमला
सुसन भारी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org