ताजा समाचार

नोबेल पुरस्कार विजेता भिएस नयपालको निधन

काठमाडाैँ २७, साउन । साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

नयपालले सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार जितेका थिए। उनले सन् १९७१ म बुकर प्राइजसमेत पाएका थिए। ३० वटाभन्दा धेरै पुस्तक लेखेका उनका उनका ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ चर्चित कृति हुन्।

सन् १९३२ मा जन्मिएका उनी भारतीय मूलका हुन्। १९५० मा सरकारी छात्रवृत्ति पाएपछि उनको अध्ययन बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सुरु भएको थियो। त्यहाँ उनले कुनै बेला डिप्रेसनका कारण आत्महत्याको प्रयास पनि गरेका थिए।

उनको पहिलो पुस्तक द मिस्टिक मासेउर १९५० मा प्रकाशन भएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org