ताजा समाचार

एयरलाइनकै कर्मचारीले विमान चोरेर, आत्माहत्या गरे

काठमटडटैँ २७, साउन । सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ ।

२९ वर्षीय रिचार्ड रसल होराइजन एयरमा पछिल्लो तीन वर्षदेखि लोडरको रुपमा काम गर्दै आएका थिए । यद्यपि, उनीसँग विमान चलाउने लाइसेन्स भने थिएन ।

रिचार्डले शुक्रबार ७६ सिट क्षमता भएको विमान चोरेर उडाएका थिए । जसको कारण विमानस्थल बन्द गर्नुपरेको थियो भने ९÷११ को घटना दोहोरिने आशंका गरेर दुई फाइटर जेटले विमानको पिछासमेत गरेको थियो ।

उनले ९० मिनेटसम्म विमान उडाएका थिए सो क्रममा उनले हवाई कौशल पनि देखाएका थिए ।

अन्ततः विमान केट्रोन टापुमा दुर्घटनाग्रस्त बनेको थियो ।

विमान कम्पनीमा रसलका समकक्षीले उनी ‘शान्त व्यक्ति’ भएको बताएका छन् । ‘उनलाई सबैले मनपराउँथे,’ रिक क्रिस्टेनसनले सियाटल टाइम्ससँग कुरा गर्दै भने, ‘रिचार्ड र उनको परिवारको लागि दुःखी छु ।’

एयर ट्राफिक कन्ट्रोलसँग गरिएको कुराकानीमा उनलाई विमान पूर्णरुपमा चलाउन नआउने र आफ्नो उपलब्धिबाट आफै चकित भएको पाइएको छ । कुराकानीमा उनले आफ्नो उद्देश्य कसैलाई हानी पुर्याउन नभएको बताउँदै आफूलाई ‘हारेको व्यक्ति’ भन्दै आफ्नो निकटसँग माफी पनि मागेका छन् ।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org