ताजा समाचार

भारी वर्षापछि आएको बाढी र पहिरोले केरलामा ३९ को मृत्यु

थिरुवनन्तपुरम, (केरला) २८, साउन । भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताए । उनले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताए । गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा.रु. १०० करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।

वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ । बाढीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org