ताजा समाचार

इटलीमा पुल भत्किदा ३५ जनाको मृत्यु सयाैँ घाइते

काठमाडाैँ ३० साउन । इटलीको उत्तर पश्चिममा रहेको जेनेभा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ ।

फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरुको खोजी गरिरहेका छन् ।

भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पूल भत्किएपछि तीसवटा भन्दा बढी गाडीहरु पुलसँगै भुइँमा बज्रेका थिए ।

स्थानीय सयअनुसार बिहान झण्डै साढे ११ बजे पुल भत्किएको बताइएको छ ।

एकजना प्रत्यक्षदर्शीले चट्याङ परेका कारण पुल भत्किएको बताए ।

जेनेभा शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त  झोलुङ्गे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org