ताजा समाचार

मेगा बैङ्कको खुद मुनाफा अर्ब बढी,८ वर्षमै बिलिनियर

काठमाडाैँ ३०, साउन ।   मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो ।

गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । ‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ ।

सीईओ खुञ्जेलीले २०७५ साल वैशाख ३० गते टुरिजम डेभलपमेण्ट बैङ्कसँग मर्जर भएपछि ९ महीनाको खुद मुनाफाबाट १४ करोड रुपैयाँ रिजर्भमा राखेको जानकारी दिए । यो सहित जोड्दा बैङ्कले गत आवमा १ अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

४ लाख ९६ हजार ग्राहक सङ्ख्या रहेको बैङ्कको आव २०७३/७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४÷७५ मा ६२ करोड रुपैयाँ पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैयाँले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैयाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । बैङ्कका शाखा १०१ ओटा पुगेका छन् । यसैगरी, देशभर बैङ्कका १४ ओटा एक्टेन्शन काउण्टर, ११९ ओटा शाखारहित बैङ्किङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ ओटा एटीएम रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org