ताजा समाचार

कतारको रङगाशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

काठमाडाैँ ३०, साउन । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको  खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।

तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org