ताजा समाचार

नाइल नदीमा डुङ्गा दुर्घटना, २२ बालबालिकाको मृत्यु

काठमाडाैँ ३१, साउन । सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ । डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ ।

सुडानी गृहमन्त्रालयका अनुसार उद्धार कार्य अघि बढाउन र पीडितको शब निकाल्न उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

प्रत्यक्षदर्शी इब्राहिम हसनका अनुसार कम्तीमा ९ जना बालबालिकाको जीवितै उद्धार गरिएको छ । डुङ्गाको इन्जिन बिग्रेका कारण दुर्घटना भएको बताइएको छ ।

सुडानमा सन् २००० मा भएको यस्तै एक डुङ्गा दुर्घटनामा ५० जना स्कुले बालबालिकाको मृत्यु भएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org