भारतले हवार्इ रुट दिन राख्यो शर्त, ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने
काठमाडाैँ ३१, साउन । भारतले नेपाललार्इ नयाँ हवार्इ रुट दिन ‘गगन’ भन्ने स्याटेलाइट प्रयोग गर्नुपर्ने शर्त अघि सारेको छ।’गगन’ भारतले निर्माण गरेको स्याटेलाइट हो।
गत जेठमा नेपाल र भारतबीच भएको छलफलमा भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरमा हवार्इ रुट दिन सकारात्मक रहेको भारतले एकाएक गगन स्याटेलाइट प्रयोगको शर्त अघि सारेको हो। यो शर्त नेपालले स्वीकार गरिसकेको छ। भारतीय स्याटेलाइट प्रयोग गर्न सकारात्मक भएकै कारण भारतीय पक्ष नेपाल आउँदैछ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार स्याटेलाइटका बारेमा प्रिजेन्टेशन दिन भारतीय उच्च अधिकारी भदौमा आउँदैछन। प्राधिकरणका निर्देशक दीपक बरालका अनुसार सेप्टेम्बर १३ र १४ तारिखमा स्याटेलाइटबारेको प्रिजेन्टेशन हुनेछ।
गगन स्याटलाइट भारतको हो। विभिन्न मुलुकले एयर नेभिगेसन सहज पार्ने उद्देश्यले स्याटेलाइट राखेका हुन्छन्। भारतले एयर नेभिगेसनका लागि निर्माण गरेको गगन स्याटेलाइट अरू मुलुकले प्रयोग गरून् भन्ने चासो देखाएको छ। हामीसँग आफ्नै स्याटेलाइट छैन, उनले भने, ‘स्याटेलाइट आवश्यक भएकाले हामीले भारतकै राख्न खोजेका छौँ।‘
स्याटेलाइट प्रयोग गरेपछि नेपालका जहाज कम्पनीले आवश्यक उपकरण जडान गर्नुपर्ने उनले बताए। उनले भने, ‘गगन स्याटेलाइट प्रयोगका लागि नेपालका हवाई सेवा प्रदायक कम्पनी राजी हुने/नहुने कुरामा भर पर्छ।’
उनले स्याटेलाइटको प्रयोगपछि हवाई सुरक्षामा अभिवृद्धि हुने बताए। यो स्याटेलाइट हवाई क्षेत्रमा मात्र नभर्इ यातायात, रेलमार्ग, सर्वेक्षण, दूरसञ्चार लगायतका पूर्वाधारमा समेत प्रयोग गरिँदै आएको छ।
गगन स्याटेलाइट प्रयोगका लागि उपकरण खरिद बाहेकको सेवा शुल्क नलाग्ने बरालले जानकारी दिए।
हवार्इ रुटका लागि भारतले महेन्द्रनगर र नेपालगञ्जबाट प्रवेशविन्दु दिनका लागि सुरक्षा जाँच सफल हुनुपर्ने बरालले बताए। उनका अनुसार हवाई सुरक्षा जाँच सफल भएपछि नेपालले नेपालगञ्ज र महेन्द्रनगर प्रवेश विन्दुको आधिकारिक अनुमति पाउनेछ।
नेपालगञ्ज र महेन्द्रनगरको तुलनामा विराटनगर र जनकपुरमा प्रवेश विन्दु राख्न सहज हुने बरालले बताए।
प्राधिकरणले सेफ्टी एसेस्समेन्ट सुरु गर्न लागेको उनले बताए। ‘हामीले माग गरेको रुट जुलाईको पहिलो सातामै पेस गरिसकेको छौँ। नयाँ हवाई रुट छिटै सञ्चालनका लागि नेपाल-भारत उड्डयन प्राधिकरणले तोकिएको समयमा काम गर्दै आएको छ।’ उनले भने।
भारतले सन् २००१ अगस्टमा गगन स्याटेलाइट नेभिगेशन सेवा सुरु गरेको थियो। गगन स्याटेलाइटमार्फत संसारभरको नेभिगेशन सेटलाइट सिस्टम सुधारका लागि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
भारतीय विमानस्थल प्राधिकरण र भारतीय स्पेस अध्ययन संस्थाले गगन स्याटेलाइट स्थापना गरेका हुन्। गगन मार्फत हवाई उडान र अवतरणमा सहयोग पुर्याउँछ
Comments
अरु समाचार
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...