ताजा समाचार

प्रतिनिधिसभा समिति सभापति निर्वाचन मिति सर्यो , १७ गते हुने

काठमाडाैँ १, भदाै ।   प्रतिनिधिसभा अन्र्तगत रहेका समिति सभापतिको निर्वाचन मिति सरेको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण बहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् ।

सभामुख महराले विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको जानकारी दिए । साथै उनले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सुचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए ।

यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका  लागि तोकिएको थियो ।

यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन् ।

अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org