उर्जा क्षेत्रको बिकासले नै समृद्द नेपालको सपना साकार पार्छ : मन्त्री पुन
काठमाडाैँ १, साउन । ऊर्जामन्त्री वर्षमान पुनले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गरिने बताएका छन् । उनले आयोजनाहरुको निर्माणमा सबै घरधुरीको सेयर लगानी गराउने गरी सरकारले काम गर्ने बताए ।
‘भविष्यमा वृद्धभत्ता लिएजस्तै सेयरबाट लाभ मिल्ने गरी सबै घरले जलविद्युतमा सेयर हाल्न पाउने वातावरण सरकारले बनाउँदैछ,’ नेपाल विद्युत प्राधिकरणको वाषिर्कउत्सव समारोहमा पुनले भने,’ऊर्जामा हुने लगानीमार्फत नै सबै नेपालीको घरमा समृद्धि ल्याउने सपना सकार पारिनेछ ।’
मन्त्री पुनले अब राजनीतिक दबाब र प्रभावका आधारमा आयोजना बनाउने र हत्याउने अवस्थाको अन्त्य गरिने समेत बताए । उनले अब जलविद्युत आयोजनाहरु प्रतिस्पर्धाका आधारमा नै निर्माण गरिने बताए ।
राजनीतिक भनसुनका आधारमा आयोजना अघि बढाउँदा समयमै निर्माण नहुने, लागत महंगो पर्ने लगायतका समस्या आउने गरेको भन्दै यस्तो हुन नदिन अब सरकारले प्रतिस्पर्धालाई नै मुख्य आधार बनाउने प्रष्ट्याए । उनले प्रतिस्पर्धालाई पन्छाउँदा कतिपय आयोजननामा तेब्बरसम्म खर्च भएको उल्लेख गरे ।
‘अहिले हामीले सहीसँग काम नगर्दा आउने पुस्तालाई बोझ नहोस् । त्यसैले आयोजनाहरुलाई प्रतिस्पर्धाको आधारमा जनताको लगानी सुनिश्चित गर्दै अघि बढाउने योजनामा हामी छौं,’ उनले दोहोर्याए ।
मन्त्री पुनले आफूले कुलेखानी-३ आयोजना अगस्ट महिनाभित्रै सम्पन्न हुनुपर्ने भनेर चिनियाँ दूतावासको पनि ध्यानाकर्षण गराएको बताए । यस्तै माथिल्लो त्रिशुली थ्री ए आयोजना पनि जनवरीभित्रै सम्पन्न नगर्ने गरी काम तीव्र पार्न उनले प्राधिकरणलाई निर्देशन दिए ।
मन्त्री पुनले विगतमा लोलसेडिङ अन्त्यका लागि मिहिनेत गरेजस्तै अब विश्वसनीय र भरपर्दो विद्युत सेवा दिने गरी काम गर्नुपर्ने बताए ।
‘प्रसारणलाइनको राइट अफ वेमा परेको जग्गामा परेका पीडितलाई आफ्नै घरघँडेरी परेकोजस्तो मानेर व्यवहार गर्नुस्,’ पुनले प्राधिकरणका कर्मचारीलाई निर्देशन दिँदै भने,’विद्युतीय दुर्घटनामा मान्छे मर्ने अवस्था नआओस् । मृत्यु बेहोर्नेहरु आफ्नै परिवारका सदस्य हुन् भन्ने मानेर अघि बढ्नुस् ।’
उनले कर्मचारीलाई आफ्नो कार्यशैलीमा पनि सुधार ल्याउन भनेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...