नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो: मुख्यमन्त्री भट्ट
धनगढी, १ भदौ । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ ।
मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गरे । “सकारात्मक सोच राखेर कानून पालना गर्ने भूमिका निर्वाह गर्नु सबै नागरिकको कर्तव्य हो”, मुख्यमन्त्री भट्टले भने ।
प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले नयाँ कानूनको कार्यान्वयनका लागि यसमा भएका कानूनी व्यवस्थाको प्रचारप्रसार र सचेतना गराउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिं बोहरा, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, प्रदेशसभाका सदस्यलगायतले पनि नयाँ कानूनको कार्यान्वयनमा जोड दिए । यो ऐन कार्यान्वयनमा आएसँगै विसं १९१० मा निर्माण गरिएको मुलुकी ऐन प्रतिस्थापन भएको छ ।
Comments
अरु समाचार
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...