ताजा समाचार

प्रधानमन्त्री ओलीको सम्बोधन असान्दर्भिक भन्दै, राज्यमन्त्रीले गरे बिरोध

काठमाडाैँ २, भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै छन् । तर, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध  गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२  को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको  यो कम्युनिष्ट सर्बसत्तावादको  पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’

मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न   ओलीसाग उनले अनुरोध समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org