ताजा समाचार

राप्रपाले थाल्यो सक्रिय सदस्यता वितरण अभियान

काठमाडाैं ३, भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियान सुरु गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले नै सक्रिय सदस्यता लिएर सो अभियानको शुभारम्भ गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

थापालाई महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले सदस्यता दिएका थिए ।
त्यसपछि अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सहमहामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रा लगायतका पदाधिकारी,  सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले नयाँ सरकार बने यताका छ महिनाका क्रियाकलापले राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासनको आवश्यकता बढेर गएको प्रमाणित हुँदै गएको बताए ।
उनले जनताको ढाड सेक्ने गरि भइरहेको करवृद्धि र सामान्य सुझबुझ समेत नराखी लागू गरेको मुलुकी देवानी संहिता लगायतका विषयले जनतामा असन्तुष्टि बढ्दै गएको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org