अमेरिकि दुतावासमा गोली चल्यो
टर्की । टर्किको अंकारास्थित अमेरिकी राजदुतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा कुनै हताहती भने भएको छैन् ।
कुल ६ गोली प्रहार भएकोमा ३ गोली दुतावासको बाहिरी सुरक्षा ढोका तथा एउटा गोली झ्यालमा लागेको अंकाराको गभर्नर कार्यालयले जनाएको छ ।
ती गोलीहरू सेतो गाडीमा आएका आक्रमणकारीले गुडरहेको अवस्थामा हानेको टर्किस अधिकारीले जनाएका छन् । इद अल अदा पर्वका कारण दुतावास यो साता बन्द थियो । यसका कारण पनि मानविय क्षति हुन नपाएको बताइन्छ ।
घटनामा संलग्न भएको भन्दै टर्किस प्रहरीले दुई संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार ३० वर्ष उमेर आशपासका ती दुई व्यक्तिको साथबाट कार र पेस्तोल बरामद गरिएको छ ।
अंकाराको गभर्नर कार्यलयले दुबै व्यक्ति आपराधिक पृष्ठभूमिका भएको जनाएको छ । यस्तै पक्राउ परेका दुबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको पनि कार्यालयको भनाइ छ ।
अमेरिकी दुतावासले घटनाप्रति तीव्र प्रतिक्रिया जनाएकोमा टर्किस प्रहरी तथा सरकारलाई ट्विटरबाट धन्यवाद दिएको छ ।
अमेरिकी धर्म प्रचारकलाई टर्कीमा मुद्धा चलाइएपछि पछिल्लो समय अमेरिका तथा टर्कीबीचको सम्बन्ध कटुतापूर्ण रहँदै आएको छ
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...