कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषदले प्रधानन्यायाधीशको रिक्त पदमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषदको बैठकले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री भानुभक्त ढकालले जानकारी दिए।
प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा न्यायाधीश भई ३ वर्ष काम गरेको हुनुपर्ने संविधानमा उल्लेख छ। यही प्रावधानअनुरुप न्यायपरिषदले ५ महिनाअघि दीपकराज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम र अभिलेख संवैधानिक परिषदमा पठाएको थियो।
परिषदले यसअघि प्रधानन्यायाधीश सिफारिस गरेर पठाएका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो।
जोशी अस्वीकृत भएपछि प्रधान्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश मिश्र र राणा बाँकी थिए। संवैधानिक परिषदले यी दुईमध्ये वरिष्ठताका आधारमा मिश्रलाई सिफारिस गरेको हो।
रूपन्देही घर भएका मिश्र २०१० साल पुस १६ गते जन्मिएका थिए। उनले आगामी पुसमा अवकास पाउनेछन्।नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका मिश्रले दिल्ली यूनिभर्सिटीबाट ुकम्पेरेटिभ लुमा स्नातकोत्तर गरेका थिए।
२०३८ साल कात्तिक १० गते शाखा अधिकृत रूमा न्यायसेवा प्रवेश गरेका मिश्र ४ वर्षपछि जिल्ला न्यायाधीश भए। २०६४ सालमा विशेष अदालतका सदस्य न्यायाधीश नियुक्त भए। ४ वर्षपछि उनलाई राजविराज पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्त गरियो।
मुख्यन्यायाधीश रूपमा १ वर्ष काम गरेपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइयो। जिल्ला र विशेष अदालतमा काम गर्दा राम्रो छवि बनाएका मिश्रले सर्वोच्च अदालतमा गरेका एनसेल, चुडामणि शर्माको बन्दी प्रत्येक्षीकरण मुद्दा विवादित बनेका थिए।
जोशी प्रधानन्यायाधीश अस्वीकार नभएका भए मिश्रले सर्वोच्चका न्यायाधीशबाटै विदा लिनुपर्ने थियो।
सर्वोच्च अदालत ६ महिनादेखि प्रधानन्यायाधीश बिहीन छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवले अवकाश दिएपछि यो पद रिक्त छ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...