राशी अनुसार कस्तो तपाँईको भाग्यरेखा , राशीफल
मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, लो, अप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला। बृष – Taurusइ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। मिथुन – Geminiका, कि, कु, घ, ङ, छ, के, को, हअस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मिहिनेत परे पनि तत्काल काम पूर्ण नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। |
कर्कट – Cancerहि, हु, हे, हो, डा, डि, डु, डे, डोयोजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सिंह – Leoमा, मि, मु, मे, मो, टा, टि, टु, टेकेही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। कन्या – Virgoटो, प, पि, पु, ष, ण, ठ, पे, पोस्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। तापनि, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। |
तुला – Libraर, रि, रु, रे, रो, ता, ति, तु, तेतत्कालको सानो फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ। बृश्चिक – Scorpioतो, ना, नि, नु, ने, नो, या, यि, युनयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले सताउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। धनु – Sagittariusये, यो, भ, भि, भु, ध, फा, ढ, भेबुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। |
मकर – Capricornभो, ज, जि, खि, खु, खे, खो, गा, गितारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुम्भ – Aquariusगु, गे, गो, सा, सि, सु, से, सो, दबेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट भने टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। मीन – Piscesदि, दु, थ, झ, ञ, दे, दो, च, चिआम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ |
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...