ताजा समाचार

रुकुम पूर्वको गुरिल्ला पदमार्ग विश्वकै पर्यटकिय गन्तब्य रुपमा विकास गर्न सभामुखको सरकारसँग माग

काठमाडाैं ११,भदाै ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनप्रतिनिधिहरुलाई जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न आग्रह गरेका छन् ।

सभामुख महराले समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सोमबार रुकुम पूर्वस्थित ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले रुकुम पूर्वको समृद्धिमा त्यहाँका जनप्रतिनिधिहरुसँग एउटै आवाजका साथ आफू पनि अघि बढने आश्वासन समेत दिए ।

सभामुख महराले रुकम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना पनि औंल्याए । तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकुम जिल्लालाई गुरिल्ला युद्धको उद्गम स्थलको रुपमा लिने गरिन्छ ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले रुकमु पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले त्याहाँको पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको भन्दै त्यसलाई बहुवर्षीय योजनाको रुपमा अघि बढाउने घोषणा गरे ।

कार्यक्रममा रुकुम पूर्वका जनप्रतिनिधिहरुले रुकुम पूर्वलाई गुरिल्ला पर्यटनको रुपमा विकास गर्न सरकारसँग माग गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org