बाँकेमा दोब्बरले बढ्यो लागुऔषध प्रयोगकर्ता
काठमाडाैँ १६,भदाै । जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो ।
पछिल्लो तीन वर्षको तथ्याङ्कबमोजिम यस्तो वस्तुको प्रयोगकर्ता तथा कारोवारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।
साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्रायः किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ ।
आव २०७४–७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका किशोरी पुरुष साथीसँग लागेर कुलतमा फसेका प्रहरी निरीक्षक रणबहादुर बिष्ट बताउँछन् ।
उनका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर भएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२–७३ मा प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेकमा ७८ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० ग्राम चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाजा १५ ग्राम बरामद भएकोे थियो ।
आव २०७३–७४ मा लागुऔषधसहित १८९ जनालाई पक्राउ गरिएकामा १३७ मुद्दा दर्ता गरिएको थियो । सो अवधिमा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिलिटर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।
आव २०७४–७५को अहिलेसम्म २४३ जना पक्राउ परेकामा १४७ वटा मुद्दा दर्ता भए भएका छन् । पक्राउ परेकाहरूबाट ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिएका छन् । गत आवमा तीन हजार ९३६ ट्याब्लेट बरामत गरिएकाले पनि यस्तो स्थिति देखाएको हो । खान सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा समेत जोड दिएको पाइएको छ ।
त्यस्ता ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाइ छ । बाटोको पहुँच भएकाले जुम्लाबाट समेत लागुऔषध लिन रुपैडिहा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषधको प्रयोग बिस्तारै पहाडी क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको भनाइ छ ।
लागुऔषधविरुद्ध काम गर्दै आएको सहारा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजारभन्दा बढीले यस्ता औषधको प्रयोगकर्ता भएको बताउँछन् ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा कारवाहीका लागि ‘सिधा कारवाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ भने आधा दर्जन सङ्घसंस्थाले पनि यसबिरुद्ध जनचेतनामूलक गतिविधि गरिरहेका छन् ।
जिल्ला कारागारमा रहेका बन्दीमध्ये लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढि छन् । निमित्त कारागारप्रमुख श्याम लामिछानेकाअनुसार पछिल्लो तथ्याङ्कमा कारागारमा ६५३ मध्ये लागुऔषधका २३२ जना छन् ।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...