ताजा समाचार

निर्दयी छोरीले जाँड खाएर गरिन् आफ्नै बाबुको हत्या

पाँचथर १८, भदाै । जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो चक्कु प्रहार गरी बाबुको हत्या गरेकी छन्। तुम्वेवा गाउँपालिका-३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

दिव्यरानीले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई चक्कु प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुर उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org