ताजा समाचार

विवादास्पद ‘बिमस्टेक सैन्य अभ्यास’मा किन मुछिदैँछन, नेपाली सेनाका प्रधानसेनापति

काठमाडौं  १८ भदाै  भारतमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन प्लाटुन सैन्य अधिकारी सहभागी हुने भएका छन् ।

भदौ २५ गतेबाट भारतको पुनेमा हुने बिमस्टेकस्तरीय सैन्य अभ्यासमा पाँच जना अधिकृत सहित ३० जना सैन्य अधिकारी सहभागी हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दक्षिण पूर्वी एशियाका देशहरु नेपाल, भारत भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका सुरक्षा अधिकारीहरुको बीचमा हुने सैन्य अभ्यासलाई विवादास्पद रुपमा लिइएको छ । बिमस्टेकलाई आर्थिक तथा प्राविधिक सहयोगको मञ्च भनिएपनि चौंथो शिखर सम्मेलन सकिनासाथ सैन्य अभ्यासको शुरुवात हुनु आफैंमा विवादास्पद कार्य भएको सुरक्षा विद्हरु बताउँछन् ।

भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्र स्थत पुनेमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका नवनियुक्त प्रधान सेनापनी पुर्णचन्द्र थापा समेत सहभागी हुने भएका छन् ।

भदौ २४ गते दज्र्यानी चिन्ह लगाएपछि थापा त्यसतर्फ लाग्ने बताइएको छ । बिमस्टेक सदस्य राष्ट्रका सवै सेनाप्रमुख पुनेमा जाने कार्यक्रम भएपनि प्रधान सेनापति थापा कुन दिन त्यसतर्फ प्रस्थान गर्ने भन्नेबार निक्र्योल नभएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

‘बिमस्टेक सदस्य राष्ट्रका सबै सेना प्रमुखहरुले भाग लिने कार्यक्रम छ’ सैन्य प्रवक्ता भण्डारीले भने, ‘तर, नेपालबाट हाम्रो चिफसा’प कहिले जाने भन्ने कन्फर्म भैसकेको छैन ।’

पहिलोपटक हुन लागेको बिमस्टेक राष्ट्रहरु बीचको संयुक्त सैन्य अभ्यास चीन र पाकिस्तानलाई लक्षित गरेर हुन लागेको भन्दै आलोचना शुरु भएको छ । विशेषगरी भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउने नियतले यस्तो अभ्यास गर्न लागेको र यसले दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने आंकलन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org