ताजा समाचार

नेपालमा अन्तर्रारष्ट्रिय बीमा सम्मेलन असोज ९ र १० गते हुने

काठमाडाैँ २४,भदाै । आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने भएको छ ।

विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको छाता संगठन (एआईआरडीसी)ले १८ वर्षपछि दोस्रो पटक नेपालमा आफ्नो २२औं सम्मेलन गर्न लागेको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो ।

सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुने बीमा समितिले जनाएको छ ।

सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको समितिले जनाएको छ ।

समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बीमा सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी ५ सय बढीको सहभागीता रहने जानकारी दिएको हो ।

नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले बर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले आम जनता प्रभावित बनेका छन् भने राष्ट्रले पनि ठूलो दायित्व व्यहोर्दै आउनु परेको छ । नेपालमा यस्ता सम्पत्तिको बीमा हुन सकेको छैन ।

सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org