ताजा समाचार

कार्यालयमा घुस लिने कर्मचारीलाई मेयर आफैंले समाते

विराटनगर  २४ भदौ,  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यालयमा घुस लिने कर्मचारीलाई आफैंले समातेका छन् ।

उनले सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत् खरिदार तिलकमणि पाखरेललाई पक्राउ गरेका हुन् ।

पोखरेलले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएको जनाइएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको छ ।

पोखरेलले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org