ताजा समाचार

बारामा मन्दिर छोएको निहुँमा पिटिए दलित

बारा २८,भदाै । बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ ।

पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो ।

स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन् ।

उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ ।

सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ ।

स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए ।

त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै बदरीलाई बेस्सरी कुटे ।

त्यसको विरोध गर्दा बाबा यादव र दीपका यादवको अगुवाईमा आफुहरुमाथि आक्रमण भएको उपचारत उमेदले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org