ताजा समाचार

लमजुङमा पहिरोमा पुरिएका २ जनाको उपचार नपाएर मृत्यु

लमजुङ २८,भदाै  । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा परी घाइते २ जनाको उपचार नपाएर ज्यान गएको छ ।

पहिरोमा पुरिएर घाइते ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापाको उपचार नपाएर ज्यान गएको हो ।

पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।

तर वर्षाले दुई स्थानको सडक अवरुद्ध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकाम ल्याउनसमेत सकिएको थिएन ।

स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org