ताजा समाचार

मानव विकास सूचकांकमा नेपाल तल झर्यो

काठमाडौं ३१,भदाै ।  अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९ औं स्थानमा छ।

१ सय ८९ मुलुकमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो । मानव विकास सूचकांक ० दशमलब ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलब ५६९ रहेको थियो । यो आधरमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ।

तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ । यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org