ताजा समाचार

अध्यक्ष प्रचण्ड चिनियाँ क्रान्तिको चर्चित वार्ता स्थल चुनचिङ्ग सहरमा

चीन ,३१ भदाै चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले यनान पुगेका छन् । आज स्थानीय समय अनुसार बिहान पाँच बजे ग्वन्झाओबाट चुनचिङ्ग शहरको अवलोकनमा पुगेका प्रचण्डलाई विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

चुनचिङ्ग सहर चिनियाँ क्रान्तिका बेला चर्चित वार्ता भएको स्थान हो । अहिले भने अध्यक्ष प्रचण्ड यनान पुगेका छन् । अध्यक्ष प्रचण्डले यनानमा अहिले चिनियाँ क्रान्तिका बेला माओले आधार इलाकाका रुपमा बिकास गरेका विभिन्न क्षेत्रको अवलोकन गर्नेछन् । प्रचण्डलाई यनानका मेयरले भव्य स्वागत गरेकि थिइन । चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड हिजो ग्वान्झाओ गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org