ताजा समाचार

हात्तीको आक्रमणबाट रजिना वाइबाको मृत्यु

पर्सा १,असोज ।  पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org