ताजा समाचार

चरा ठोक्किएकाे सौर्य एयरको विमान विराटनगरमा ग्राउन्डेड

विराटनगर १ ,असोज। सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।

चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए ।ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने चारवटा फ्लाइट अवरुद्ध भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org