ताजा समाचार

अब घरबाटै राजश्व तिर्न सकिने

काठमान्डाैँ ४, असोज ।  सरकारलाई राजश्व तिर्न जाँदा वा सरकारसँग भुक्तानी लिंदा तपाईंले सास्ती ब्यहोर्नुभएको छ? लाइनको झन्झट भोग्नुभएको छ वा धेरै समय खेर गएको छ भने अब त्यसबाट छुटकारा पाउनुहुनेछ।

२०७५ वैशाख १ देखि सबै प्रकारका सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको सरकारले असोज १ देखि कर तिर्न अनलाईन र इन्टरनेट पेमेन्टको वैकल्पि विधि कार्यान्वयनमा ल्याएको छ।

यो निर्णय कार्यान्वयनमा गएपछि करदाता र सेवाग्राहीले सरकारसँग कारोबार गर्दा बैंक वा सेवा केन्द्रसम्म धाउनु पर्नै छैन। सरकारलाई पैसा बुझाउनकै लागि लामो लाइन लाग्न्पर्ने बाध्यताबाट मुक्ती पाउन केही प्रक्रिया पुरा गरेपछि सिधै सेवा प्राप्त गर्न सकिने छ।

अहिलेलाई सेवाग्राहीले यस्तो सुविधा अनलाईन माध्यमबाट मात्र पाउने छन्। कार्ड र भुक्तानी सेवाप्रदायकको विकल्प भने तत्काल उपलब्ध छैन।

आन्तरिक राजस्व विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएसँगै सेवाग्राहीको लागि विकल्प भने खुल्ला भएको छ।

कसरी तिर्ने विद्युतीय माध्यमबाट कर? 
घर वा कार्यालयबाटै कर तिर्नको लागि सबैभन्दा पहिले आन्तरिक राजस्व विभागको वेवसाइटमा गएर खाता खोल्नुपर्छ। त्यस्तै उक्त खातामा भुक्तानीको माध्यमको रुपमा रहेको नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस रहेको छ। जसमा पनि एकाउन्ट हुन पर्छ।

सुरुमा आन्तरिक राजश्व विभागले वेवसाइटमा जाने। त्यसमा रहेको ट्याक्स पेयर पोर्टलमा क्लिक गरी इन्टिग्रेटेड ट्याक्स सिस्टममा भित्रको जेनरल मा दुईपटक क्लिक गर्ने।
त्यसमा अघि लिएको युजर नेम र पासवर्ड राखेर लगइन गर्ने। लगइन गरेपछि कर तिर्नेको लागि प्रक्रियामा जाने।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org