ताजा समाचार

वीरगन्ज महानगरपालिकाका तीन कर्मचारी एक लाख घुससहित पक्राउ

विरगञ्ज ४,असोज ।   एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् ।

अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

स्थलगत मुचुल्का पछि अख्तियारको कार्यालय हेटौंडा हुँदै उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org