ताजा समाचार

एसिड आक्रमणबाट गम्भिर घाइते सम्झना दासको मृत्यु

काठमाडाैँ ८,असोज ।    एसिड आक्रमणपछि उपचाररत रौटहटकी सम्झना दासको मृत्यु भएको छ। गएराति ११ः४०मा किर्तिपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति करिब सवा १२ बजे एसिड आक्रमण भएको थियो।

आक्रमण भएपछि गम्भीर अवस्थामा काठमाडौंको किर्तिपुर अस्पतालमा ल्याइएकी सम्झनाको २ सातापछि मृत्यु भएको हो। चिकित्सकका अनुसार एसिडका कारण सम्झनाको कम्मरमाथिको अधिकांश भाग जलेको थियो। सम्झनाकी बहिनी सुस्मिताको भने किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ। सुस्मिताको दायाँ हातमा बढी असर गरेको बुवा जादवलालले बताए।

आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। पासवानले संझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनका सम्न्धमा थप छानबिन भइरहेको पनि रौतहट प्रहरीले बताएको छ।

पासवान बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए। सोहिक्रममा उनलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org