ताजा समाचार

नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुल्ला

काठमाडौं ८, भदाै। नागरिक लगानी कोषले रिक्त रहेको कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुला गरेको छ। दुर्इ साता अगाडि कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राजिनामा दिएका थिए।
कोषको अध्यक्षबाट महाश्रम शर्माले पनि राजिनामा दिएका थिए। दुबै व्यक्तीलार्इ सरकारले नरुचाइएकोले राजिनामा गरेका थिए।

रिक्त रहेको पदका लागि कोषले खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्न असोज २२ गतेसम्म गोप्य आवेदन आह्वान गरेको छ। इच्छुक आवेदकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा खामबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ।

कार्यकारी निर्देशकको लागि स्तानकोत्तर गरि उद्योग बाणिज्य वा बैंकिङ क्षेत्रका संस्थाको कम्तिमा राजपत्राङ्कित प्रथम श्रेणी, सार्वजनिक निकायको दशौं तह वा सो सरहको जिम्मेवारी लिसकेको हुनु पर्नेछ।

नीजि क्षेत्रको पूँजी बजार सम्बन्धी संस्थाहरुको व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्षको कार्यानुभव हुनु पर्नेछ। सम्वन्धित योग्यता पुगि ३० वर्ष पुराभइ ६५ वर्ष ननाघेकाले आवेदन दिन पाउने कोषले जनाएको छ।

आवश्यक कागजपत्रका साथै आवेदकले ५ हजार शब्दमा नबढ्ने गरि व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ। कार्ययोजना तोकिएको मितिमा प्रस्तुतीकरण गर्नु पर्नेछ। कार्यकारी निर्देशकको लागि हाल कोषमा नै कार्यरत निमित्त कार्यकारी निर्देशक शुशिलकुमार अर्याल आकांक्षी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org