ताजा समाचार

धनुषाबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ जना पक्राउ

जनकपुरधाम १० असोज । धनुषाबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १८ वर्षीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीले दुबै जनालाई एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ दुवै जना लुटपाट चोरी डकैतीको घटनाहरुमा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org