ताजा समाचार

प्रताप दासको ‘अलिअलि तिम्रो माया’ गीत सार्वजनिक

काठमाडाैँ ११,असोज । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा उदाएका प्रताप दासले नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन्। ‘अलिअलि तिम्रो माया अलिअलि मेरो माया’ बोलको भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

संगीतकार मनोज सुनुवारको शब्द तथा संगीतमा प्रतापले स्वर भरेका हुन्। मनोजले निर्माण गरेको म्युजिक भिडियोमा निरञ्जली लामा र दिलकमल क्षेत्रीले अभिनय गरेका छन् भने सञ्जीव बराइलीको संगीत संयोजन रहेको छ। भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन्।

अहिले चलेका गीतभन्दा फरक तथा नयाँ पुस्ताका किशोरकिशोरीबीचको माया प्रेमलाई आधार मानेर बनाइएकाले युवा पुस्तामा यो गीत निकै लोकप्रिय हुने निर्माता सुनुवारको भनाइ छ। प्रतापले पनि आफूले गाएको गीत सबैलाई सुनिदिन आग्रह गरेका छन्। आफ्नो गीतले युवा पुस्ताको मन छुने विश्वास गरेका छन्।

भिडियो हेर्नुहोस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org