जिल्ला प्रहरी कार्यालय, झापामा नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत
दशैंमा झापाको सुरक्षाः ८ सय ३७ प्रहरी परिचालन, ठाउँठाउँमा ‘सरप्राइज चेकिङ’
झापा१४ ,असोज। जिल्ला प्रहरी कार्यालय, झापाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटनालाई रोकथाम गर्न र सर्वसाधानलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
जिल्लाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका एवं जेष्ठ नागरिकको अधिकारको सम्मान गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वासनीय एवं सुदृढ बनाइएको बताए ।
‘बैंक तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराएर देश तथा बिदेशबाट घर फर्कने र विभिन्न ठाउँसम्म जाने यात्रुलाई समेत पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन र नियन्त्रण थालिएको हो’, ढकालले भने, ‘त्यस अनुसार जुवातास नियन्त्रण, निर्वाध सवारी आवगमन, बैंक, वित्तिय संस्थामा सादा पोशाकमा हतियारसहितको प्रहरी निगरानी, २४ सै घण्टा गाडी र मोटरसाइकल गस्ती परिचालन, कुकुरबाट चेकजाँच लगायतलाई पहिलो प्राथमिकता दिएका छौं ।’
उनका अनुसार दशैंको सुरक्षाका लागि सादा पोशाकमा २१ जनाको जनशक्ति परिचालन गरिएको छ । ‘सादा पोशाकको टोली ७ स्थानमा परिचालित हुनेछन्’, उनले भने, ‘लामो र छोटो गस्तीमा ६५ जनाको टोली परिचालन हुनेछ ।’
ढकालले सप्राइज अर्थात् आकस्मिक चेकिङको लागि ९ ठाउँमा खटिन सक्ने गरी ४५ जनाको टोली परिचालन गरिएको समेत बताए ।
उनका अनुसार राजमार्ग तथा सहायक राजमार्गका क्षेत्र, शहरी क्षेत्र, मुख्यमुख्य चोकहरु र भद्रपुर, काँकडभिट्टा, बिर्तामोड र दमक बसपार्क क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...