ताजा समाचार

साँगुरीगढीबाट धरानतर्फ जाँदै गरेको जिप दुर्घटना, २ जनाको मृत्यु १४ जना घाईते

धनकुटा१५ ,असोज।  धनकुटामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  १४ जना घाईते भएका छन् ।

साँगुरीगढी गाउँपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ज १८२१ नम्वरको जिप हर्दिया भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा सोही गाउँपालिका १ की ३९ बर्षिया सनमाया राई र पाँचथरकी ६१ बर्षीया देविमाया सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

धनकुटाका सहायक  प्रहरी निरीक सुरेन्द्र खड्काका अनुसार घाईतेहरुलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org