प्रहरीले इमान्दारिता र आचरणमा अझै सुधार गरे नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्छः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
सोलुखुम्बु १६असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भई निस्वार्थ सेवा दिनुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्
नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसको लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताए । विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने ‘प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’
उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकाङ्क्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता पर्ने बताए । सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा सोलुखुम्बुका जिल्ला न्यायाधीस नारायणप्रसाद सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जनप्रतिनिधिहरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो । उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












