चिनियाँ जहाज भित्रिएको ४ बर्षपछि अब दुर्गममा पनि
काठमाडाैँ १७,असोज । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै चीनबाट भित्र्याएको वाई–१२ ई जहाज ४ वर्षपछि बल्ल सो क्षेत्रमा उडाउने तयारी थालेको छ । सो जहाजबाट दुर्गम क्षेत्रमा उडानको लागि अनुमति माग्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निगमले पत्र लेखेको छ ।
निगमले अनुदान तथा सुलभ ब्याजदरको ऋणमा खरिद गरेर वाई–१२ ई लगायतका चिनियाँ जहाज ल्याएको हो । चीनबाट ल्याइएको ४ थान जहाजमार्फत देशका दुई दर्जनभन्दा बढी दुर्गम गन्तव्यमा उडान गर्न अनुमति माग्दै परफरमेन्स रिभ्युको लागि प्राधिकरणलाई पत्र लखेको हो । तत्कालीन समयमा वाई–१२ ई जहाजले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै नेपाल ल्याएको भए पनि चिनियाँ जहाज निर्माता कम्पनीले चार वर्षसम्म परफरमेन्स रिभ्यु नगर्दा हालसम्म उडेका जहाजबाट पनि निगमले सुगममा मात्र उडान गर्दै आएको थियो ।
केही साताअघि चिनियाँ जहाज निर्माता कम्पनीले निगमलाई वाई–१२ ई जहाजको परफरमेन्स रिभ्युसहितको कागजात पठाएको थियो । विगतमा पठाइएको परफरमेन्स चार्टले वाई–१२ ई जहाज दुर्गममा उड्न नसक्ने निष्कर्ष निगमकै अध्ययनले देखाएको थियो । “पछिल्लो समय पठाएको परफरमेन्स रिभ्युले दुर्गममा उडान गर्न सक्ने देखेपछि परीक्षण उडान गरेका हौं,” निगमका प्रवक्ता अशोक सिग्देलले भने । प्राधिकरणले रिभ्यु गरेर उडानयोग्य प्रमाणपत्र (एओसी) दिएमा धमाधाम दुर्गममा सेड्युअल उडान थाल्ने प्रवक्ता सिग्देलले जानकारी दिए ।
१८ सिट क्षमताका वाई १२ ई जहाज निगमसँग हाल ४ थान छन् । दसैं अगाडि नै प्राधिकरणले अनुमति दिएमा उडान सुरु गर्ने तयारी रहेको सिग्देलले जानकारी दिए । निगमले वाई १२ ई जहाज मार्फत सोलुको लुक्ला, हुल्लाको सिमकोट, मुगुको ताल्चा, मुस्ताङको जोमसोम, रामेछापको मन्थली र दाङको टरिगाउँ विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरिसकेको छ । निगमसँग हाल आन्तरिक उडानका लागि एमए ६० दुई थान, वाई १२ ई ४ थान र ट्वीनखटर २ थान गरी १० थान जहाज छन् । त्यसमा चिनियाँ एमए ६० जहाज विगत एक सातादेखि ग्राउन्डेड छ भने एक थान ट्वीनटर पनि लामो समयदेखि ग्राउन्डेड भएको छ । दसैं अगाडि अनुमति पाएमा निगमले ६ थान जहाज जहाजमार्फत आन्तरिक उडान भर्नसक्ने छ ।
चार जहाजका लागि चार क्याप्टेन निगमले पछिल्लो वाई–१२ ई जहाज दुर्गममा उडाउने भन्दै परीक्षण उडान गरे पनि पाइलट अभाव भने उस्तै छ । हाल चार थान जहाज उडान गर्नका लागि चार जनामात्रै क्याप्टेन छन् भने ६ जना कोपाइलट छन् । चार थान जहाजलाई पूर्ण क्षमतामा उडान भर्न कम्तीमा पनि १६ जना क्याप्टेन आवश्यक पर्दछ भने ३० जनाभन्दा बढी कोपाइलट आवश्यक पर्दछ । निगमले अहिले धमाधम पाइलट लिने प्रक्रिया गरिरहेको र छिट्टै पाइलटको समस्या समाधान गरेर दुई दर्जनभन्दा बढी दुर्गम गन्तव्यमा उडान गर्ने प्रवक्ता सिंग्देलले जानाकारी दिए ।
निजी एयरलाइन्सका ८० प्रतिशत टिकट सकिए
निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्स कम्पनीहरूले दसैंको अग्रिम टिकट ८० प्रतिशत बिक्री भएको जानकारी दिएका छन् । आन्तरिक उडानमा चर्को प्रतिस्पर्धा गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सले दसैंको टिकट ८० प्रतिशतभन्दा बढी बिक्री भएको जनाएका छन् । मुख्यगरी फूलपाती, अष्टमी, नवमी र दशमीका टिकट अधिकांश बिक्री भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । भरतपुर र तुम्लिङटार लगायतको गन्तव्यको भने शतप्रतिशत बुकिङ भएको एयरलाइन्स कम्पनीले जनाएका छन् ।
ठूला जहाज जाने क्षेत्रमा भने अझै केही टिकट बाँकी रहेको र थप उडान गर्नका लागि प्राधिकरणसँग छलफल भइरहेको यति एयरलाइन्सका प्रवक्ता भीम राईले जानकारी दिए । दसैंमा अधिकांश टिकट बिक्री भइसके पनि नेपालगन्ज, धनगढी, विराटनगर, पोखरालगायत गन्तव्यमा थप उडान गर्र्ने तयारीमा रहेको राईले जानकारी दिए । बुद्ध एयरले पनि दसैंको अधिकांश टिकट बिक्री भएको जनाएको छ । एयरले थप उडान गर्नको लागि प्राधिकरणसँग छलफल गरिरहेको जनाएको छ । श्री एयरलाइन्सले पनि अधिकांश टिकट बिक्री भइसकेको जनाएको छ । “हाम्रा ठूला जहाज भएपनि अधिकांश टिकट बिक्री भइसकेका छन्,” श्री एयरलाइन्सका सेल्स एन्ड मार्केटिङ विभागका प्रमुख अनिल मानन्धरले जानकारी दिए ।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...