बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालीन किष्ट बैंकका एमडी कमल ज्ञवाली पक्राउ
बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेको तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले ज्ञवालीलाई भारतबाट पक्राउ गरेको हो। महाशाखाले उनलाई नेपाल ल्याइसकेको छ। मुद्दामा दोषी भई फरार रहेका ज्ञवालीलाई अब फैसला कार्यान्वयनका लागि पेस गरिनेछ।
ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो। त्यसयता ज्ञवाली फरार थिए। अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो।
राष्ट्र बैंक वादी भई दायर मुद्दामा ज्ञवालीलाई चार वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो। न्यायधीशहरु किशोर सिलवाल र चण्डीराज ढकालको संयुक्त इजलासले मुद्दा चलाइएका २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको थियो। जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












