ताजा समाचार

अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५ को उपाधि नेको इन्सुरेन्स

काठमाडाैँ २१,असोज । नेको इन्सुरेन्स ली.  को आयोजनामा आयोजित अन्तर “अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५” सम्पन्न भएको छ ।

नेपाली समाजमा अझै पनि बीमा वारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचार-प्रसार र बित्तीय संघ सस्था बिच आपसि मित्रता ,सद्भाव बढाउनका लागि  नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा आयोजक नेको इन्सुरेन्स टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेन्ट बैंक  टिमले द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रमको उद्घाटन नबिल बैंक लि. का अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालबाट भएको थियो भने समापन कार्यक्रममा नेको इन्सुरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिलाबाट सम्पन्न भयो ।

कार्यक्रमको समापन समाहरोहमा नेको इन्सुरेन्सका  प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिला बाट  बिजयी टिम तथा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिवार दिनभर संचालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरन्जनात्मक रहेको थियो ।

सम्बन्धित सामाचार, यो पनि हेर्नुहोस

नेको इन्सुरेन्सको आयोजनामा “अन्तर बैंक फूटसल प्रतियोगिता ” शनिबारदेखी शुरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org